न्युकासल काराबाओ कपको फाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । न्युकासल युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा साउथह्याम्पटनलाई २-१ ले हराउँदै समग्रमा ३-१ को जितसहित न्युकासल फाइनल पुगेको हो ।

न्युकासलले पहिलो लेगमा १-० को अग्रता लिएको थियो । दोस्रो लेगमा १० खेलाडीमा समेटिएपनि न्युकासलले जित निकाल्यो ।

ADVERTISEMENT

न्युकासल सन् १९९९ पछि पहिलो पटक घरेलु कप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

न्युकासलले उपाधिका लागि म्यानचेस्टर युनाईटेड र नटिङघम फरेस्टबीचको विजेतासँग खेल्नेछ ।

पहिलो लेगमा युनाईटेड ३-० ले अघि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *