काठमाडौं । लाउटारो मार्टिनेज चम्कँदा इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले पुनरागमन जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले क्रेमोनीजमाथि २–१ को जित निकालेको हो ।
क्रेमोनीजले खेलको ११ औं मिनेटमा डेभिड ओक्रेरेकेको गोलबाट अग्रता बनाएको थियो । इन्टरका लागि लाउटरो मार्टिनेजले खेलको २१औं मिनेटमा बराबरी गोल फर्काए ।
खेलको ६५ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए । जितसँगै इन्टर २० खेलमा ४० अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts