काठमाडौं । आत्मदाह गर्नुभएका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ जनाविरुद्ध किटानी जाहेरी दिनुभएको छ ।
उहाँले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिनुभएको हो। परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अधिकारीबाट घटनाको अनुसन्धान गरी पाऊँ भनी किटानी जाहेरी परेको जानकारी दिनुभयो ।
काठमाडौंको नयाँ बानेश्वरमा यही माघ १० गते शरीरमा प्रज्वलनशील पदार्थको प्रयोग गरी आगो लगाउँदा गम्भीर घाइते हुनुभएका आचार्यको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ११ गते बिहान निधन भएको थियो ।
आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख भएका व्यक्ति र संस्थाको नाम किटेर श्रीमती नानुकाले जाहेरी दिनुभएको हो ।
‘मृतक श्रीमानले आफ्नो फेसबुकमा आत्महत्या गर्नुअघि पोष्ट गरेको मृत्युकालीन घोषणालाई म जाहेरवालीले मेरो फेसबुकबाट उतारेको प्रमाण र मेरो शंकाको आधारमा १२ कसुरदार रहेको किटानी जाहेरी पेश गर्दछु’, जाहेरीमा उल्लेख छ ।
जाहेरीमा आचार्यले फेसबुक स्ट्याटसमा नाम उल्लेख गर्नुभएका कलेज, विभिन्न कम्पनी र उद्योगीको नाम समावेश छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts