सहारा क्लबलाई नगद ५५ हजार सहयोग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

पोखरा । तमुधीं युकेले सहारा क्लबलाई ५५ हजार नगद सहयोग गरेको छ । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आयोजित कार्यक्रममा तमुधीं युकेका अध्यक्ष हरि गुरुङले क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज), कोषाध्यक्ष विनु रानामगरलाई उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।

उक्त सहयोगसँगै संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङका छोरा बेन्जेमेनले एकेडेमीमा रहेका बालकको खाजा तथा खानालाई २० हजार हस्तान्तरण गर्नुभयो । विसं २०६३ मा पोखरा–१७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरिद गरी सुरु गरिएको एकेडेमीको पूर्वाधार क्लबले तयार बनाइसकेको छ । अहिले एकेडेमीमा १५ बालक अध्ययनरत छन् ।

ADVERTISEMENT

कार्यक्रममा तमुधीं युकेका अध्यक्ष हरि गुरुङले क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेण्डरमै समावेश गरेर सञ्चालन गर्न सुझाव दिनुभयो । तमुधीं युकेका संस्थापक सदस्य तथा सहारा युकेका कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लबले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *