काठमाडौं । डच क्लब आयाक्सले मुख्य प्रशिक्षक अलफ्रेड श्रुडरलाई बर्खास्त गरेको छ । आयाक्सले शुक्रबार मुख्य प्रशिक्षक अलफ्रेडलाई बर्खास्त गरिएको जनाएको छ । डच लिगमा एफसी भोलेनडमसँग १-१ गोलको बराबरी खेलेपछि आयाक्सले अलफ्रेडलाई बर्खास्त गरेको हो ।
यस सिजन आयाक्स पाँचौं स्थानमा छ । ३४ अंक जोडेको आयाक्स शीर्ष टोलीभन्दा सात अंकले पछि छ । गत नोभेम्बर १ पछि आयाक्सले मात्र दुई खेल जितेको छ । अलफ्रेड गत सिजन आयाक्सको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो ।






