फाइनलमा सुष्मा पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्याण्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा पराजित हुनुभएको छ । बैंककमा बुधबार भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जाेनासँग पराजित हुनुभयो । सुष्मालाई अंकका आधारमा पाँच-शून्यले पराजित गर्दै फोजिलोभाले स्वर्ण पदक जित्नुभयो । फाइनलमा पराजित भए पनि सुष्माले ऐतिहासिक रजत पदक जित्नुभएको छ ।

यसअघि सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीका आधारमा पराजित गर्दै फाइनल पुग्नुभएको थियो । यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।

यस्तै, सेमिफाइनलमा नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगु पराजित हुनुभयो । महिलातर्फ ७५ केजी तौल समूहमा त्रिशा जवेगु काजिकिस्तानी एरजन गुल्सायसँग जनवरी २२ तारिखमा अंकका आधारमा र पुरुष ८६ केजी तौल समूहका नेपाली मुक्केबाज विजय बाटा जनवरी २३ मा इण्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग सेमिफाइनल खेलमा आरएसीका आधारमा पराजित हुनुभयो ।

ADVERTISEMENT

४८ किलो तौल समूहमा भएको सेमिफाइनल खेलमा मंगोलियाका प्रतिद्वन्द्वी बेस्येन्वई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) का आधारमा पराजित गर्दै नेपाली मुक्केबाज सुष्मा तामाङ फाइनल प्रवेश गर्नुभएको छ । तामाङले क्वाटरफाइनलमा भियतनामकी क्युनहानलाई पाँच-शून्य अंकका आधारमा जित हासिल गर्नुभएको छ ।

नेपालले एएसबिसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा तीन कास्य पदक जितेको छ । प्रतियोगितामा नेपालबाट समान तीन–तीन पुरुष÷महिला खेलाडी गरी ६ जनाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *