काठमाडौं । क्रिस्टियानो रोनाल्डोले प्रतिस्पर्धात्मक खेलमा नयाँ क्लब अल नासरका लागि डेब्यू गरेका छन् ।
साउदी प्रो लिगमा इतिफाकलाई १-० हराउने क्रममा रोनाल्डोले खेलमा डेब्यू गरेका हुन् । खेलमा रोनाल्डोले गोल भने गर्न सकेनन् ।
ब्राजिलियन मिडफिल्डर टालिस्काले खेलमा निर्णायक गोल गरेका थिए । ३७ वर्षीय पोर्चुगिज खेलाडी गत महिना साउदी क्लबसँग आबद्ध भएका थिए ।
२०२५ सम्मको करारमा रोनाल्डोले प्रतिवर्ष १७।७ करोड पाउन्ड कमाउने बताइएको छ ।
अल नासर लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र एक अंकले अघि रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts