काठमाडौं । साफ महिला यु-१५ च्याम्पियन टोलीकी सदस्य पुनम चेम्जोङलाई गृह पालिका फाल्गुनन्द गाउँपालिकाले ५० हजार नगदसहित सम्मान गरेको छ । फाल्गुन्द गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी चेम्जोङलाई सम्मान गरेको हो ।
पुनम गत कात्तिकमा बंगलादेशमा सम्पन्न प्रतियोगिताको उपाधि नेपालले जित्दा टोलीकी सदस्य हुनुहुन्थ्यो । राष्ट्रलाई खेल क्षेत्रमार्फत पुर्याएको योगदानका उच्च मूल्याकंन गर्दै पालिकाले सम्मान गरेको फाल्गुनन्द गाउँपालिकका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता