धरानमा खुकुरी प्रहारबाट एक जनाको हत्या

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको बिहीबार हत्या भएको हो ।

अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते हुनुभएको छ ।

स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए।

ADVERTISEMENT

उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथी खुकुरी प्रहार गरेका थिए।

भागेर नजिकैको सागबारीमा पस्नुभएकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए। गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ।

मृतक बुढाथोकीको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। हत्याको कारण खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *