मकवानपुरमा कुटपिट गरी संगै सुतेको साथीको हत्या

मन्जिता मैनाली मकवानपुर, संवाददाता
मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 2 mins

हेटौंडा । मकवानपुरमा कुटपिट गरी आफ्नै साथीको हत्या गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापुर लच्का बस्ने ३४ वर्षिय अम्मर बहादुर लोप्चनले आफ्नै घरमा सुतेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षिय साथी जित बहादुर मोक्तानको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार दुबै जना संगै मजदुरी काम गरी हिड्ने, प्राय जसो दुबै जना लोप्चनको घरमा सुत्ने गरेको र सुतिरहेको अवस्थामा एक्कासी सावेलले प्रहार गरी घाईते बनाएकोमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

राति लेनदेनको कुरामा विवाद गर्दै गर्दा एक्कासी बेल्चाले अम्मरबहादुरले प्रहार गरेर टाउको र दुबै खुट्टामा चोट अवस्था गम्भिर कुटपिट गरि जीतबहादुरलाई घाइते बनाएका थिए ।

ADVERTISEMENT

मोक्तानलाई कुटपिट गरी घाइते बनाएको र उनको भरतपुर सरकारी अस्पताल चितवन उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने व्यक्तिलाई सावेल सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

शव चितवन स्थित सरकसरी अस्पतालमा नै रहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?