भक्तपुर । आफ्नै छोरा ३१ वर्षीय नरेन्द्र बहादुर शाहीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-२ बस्ने अछाम कमलनगर नगरपालिका-६ हात्तिबाच घर भएका ६३ वर्षीय दिप बहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
दिप बहादुरले विवादको क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता