काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारबाट खेल्ने घानाका मिडफिल्डर थियोफिलस आरोन नेपाल आइपुग्नुभएको छ । घानाका मिडफिल्डर आरोन बिहीबार नेपाल आइपुग्नुभएको हो । खुमलटारले उहाँलाई एक सिजनका लागि अनुबन्ध गरेको हो । खुमलटारले अर्का दुई अफ्रिकी खेलाडी मेसुके ओलुमोउ र स्टेफन बिनोङलाई समेत अनुबन्ध गरिसकेको छ ।
यस्तै, खुमलटारले एक विज्ञप्ति निकाल्दै चार खेलाडी रिलिज गरिएको जनाएको छ । खुमलटारले डिफेन्डर आशिष श्रेष्ठ, डिफेन्डर आशिष सुनाम, दिवस छन्त्याल र अजित लामालाई रिलिज गरेको हो । खुमलटार यसै सिजन बी डिभिजन लिगबाट शीर्ष डिभिजनमा बढुवा भएको थियो ।
यसअघि खुमलटारले चार खेलाडीको सम्झौता नवीकरण गरिएको जनाएको थियो । नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts