फेरि विदेशिए दुई खेलाडी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडी विदेशिएका छन् । राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका रञ्जन विष्ट र नितिन थापा बुधबार अस्ट्रेलिया प्रस्थान गर्नुभएको हो ।

रञ्जनले एनआरटी र नितिनले मनाङ मस्र्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्नुहुन्थ्यो । रञ्जन नेपालले सन् २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप जित्दा टोलीको सदस्य हुनुहुन्थ्यो । नितिन तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुदको फुटबलमा नेपालले स्वर्ण पदक जित्दा टोलीमा हुनुहुन्थ्यो ।

पछिल्लो तीन वर्षमा झण्डै दुई दर्जन बढी खेलाडीहरू नेपाल छोडेर विदेशिन बाध्य भएका छन् । यसै साता राष्ट्रिय टोलीको पहिलो रोजाइका खेलाडीहरू तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया प्रस्थान गर्नुभएको थियो ।

ADVERTISEMENT

आगामी फागुन १९ गतेदेखि हुने लिगका लागि डिफेन्डर दिनेश राजवंशी र मिडफिल्डर तेज तामाङ चर्च ब्वाइज क्लबमा अनुबन्धित हुनुहुन्थ्यो भने डिफेन्डर गौतम श्रेष्ठ संकटा क्लबमा अनुबन्धित हुनुभएको थियो ।

उहाँहरूसँगै राष्ट्रिय टिमबाट खेल्ने आशिष लामा, अभिषेक रिजाल, सुमन अर्याल, विमल राना, हेमन्त थापामगर हुनुहुन्छ । त्यस्तै, सञ्जोग राई, विवेक बस्नेत, जगजित श्रेष्ठ, एलन न्यौपाने, विमल बस्नेत, हेमन गुरुङ, अमिर श्रेष्ठ, शिव गुरुङ, नवीन गुरुङ, निरज बस्नेत, मिक्चेन तामाङलगायत खेलाडीहरू विदेशिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *