निसेन मच्छिन्द्रमा अनुबन्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले डिफेन्डर निसेन सुब्बालाई अनुबन्ध गरेको छ । मच्छिन्द्रले बुधबार डिफेन्डर निसेनलाई अनुबन्ध गरेको हो ।

मच्छिन्द्रले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि निसेनलाई अनुबन्ध गरेको हो । नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । निसेनले अघिल्लो सिजनको लिग फ्रेन्ड्स क्लबबाट खेल्नुभएको थियो ।

ADVERTISEMENT

खेलाडी अनुबन्धलाई लिएर मच्छिन्द्र आक्रामक देखिएको छ । यसअघि मच्छिन्द्रले मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई अनुबन्ध गरिसकेको छ ।

त्यसबाहेक मच्छिन्द्रले राष्ट्रिय टिमका डिफेन्डर देवेन्द्र तामाङ, फरवार्ड विमल घर्ती मगर र मिडफिल्डर सुजल श्रेष्ठसँगको सम्झौता पनि नवीकरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *