मेलबर्न । बेलायती खेलाडी एन्डी मर्रे अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गर्नुभएको छ । मेलबर्नमा मंगलबार भएको खेलमा इटालीका माटियो बेरेट्टीनीमाथि रोमाञ्चक जित निकाल्दै मर्रे दोस्रो चरणमा पुग्नुभएको हो ।
सुरुवाती दुई सेटमा सहज जित हात पारे पनि मर्रेले त्यसपछिका दुई सेट गुमाउँदा खेल रोमाञ्चक बनेको थियो । पाँचौँ सेटमा पुनः मर्रेले बाजी मार्नुभयो । रोमाञ्चक खेलमा ३५ वर्षीय मर्रेले १३औँ वरीयताका माटियोविरुद्ध ६-३, ६-३, ४-६,६-७ ९७- ९० र ७-६ (१०-६) ले जितेको हो ।
यससँगै मर्रे २०१७ पछि ग्राण्डस्लाममा शीर्ष २० वरीयताभित्रका खेलाडीमाथि पहिलो जित निकाल्न सफल हुनुभएको हो । यस्तै, बेलायतकै डान इभान्सले समेत दोस्रो चरणमा स्थान बनाउनुभएको छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts