सांसद बराललाई राखेप कर्मचारी संघको बधाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आमचुनावमार्फत् गण्डकी प्रदेशसभामा निर्वाचित हुन सफल राष्ट्रिय खेलकुद परिषद्का पूर्व-कर्मचारी माननीय प्रकाश बराललाई सोमबार राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ । सांसद बराल राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पूर्व–उपाध्यक्ष र सचिवसमेत रहिसक्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बरालले राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहँदा गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि बरालले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ खादा, माला लगाएर सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

सांसद बरालले सार्वजनिक जीवनमा खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै खेलकुदकै कारण समाजमा प्रतिष्ठित भएको र यसैका कारण निर्वाचनमा जित प्राप्त गर्न सफल भएको भन्दै खेलकुद क्षेत्र र कर्मचारी साथीहरूको सदा माया र ममता पाइरहने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ उदाहरणीय कार्य गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

ADVERTISEMENT

कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले सांसद बरालले खेलकुदमा कार्य गर्दा र कर्मचारी संघमा रहेर कार्य गर्दा सदा खेलकुद र कर्मचारी हकहितका लागि समर्पित रहेको भन्दै आगामी दिनमा सामाजिक तथा राज्यको नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *