पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस उपविजेता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ ।

ADVERTISEMENT

नेपालबाटै फाइनलमा पुगेको अर्को टिम, टीटुकेले १३ औं स्थान प्राप्त गर्दै १ लाख ३२ हजार ५ सय अमेरिकी डलर पाएको छ ।

विभिन्न देशका १६ टोली सहभागी यो च्याम्पियनसिपमा टर्कीको एसटुजी ईस्पोर्टस विश्व विजेता बन्न सफल भएको छ । उसले ५ लाख १० हजार डलर पुरस्कार राशी प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *