काठमाडौं । टोटेनहम एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
शनिबार राति पोर्ट्समाउथलाई १-० गोल अन्तरले हराउँदै टोटेनहमले चौंथो चरणको यात्रा तय गरेको हो । टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।
उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए । टोटेनहमका लागि केनको यो २६५ औं गोल हो ।
एफए कप अन्तर्गत नै साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई २-१ ले हराएर चौंथो चरणमा स्थान बनाएको छ ।
लेस्टर सिटीले गिलीङघमलाई १-० ले हराएर चौंथो चरणको यात्रा तय गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts