भिल्लासँग रियल म्याड्रिड पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगामा भिल्लारियलसँग रियल म्याड्रिड पराजित भएको छ ।

शनिबार राति भिल्लारियलमा भएको खेलमा रियल घरेलु टोली भिल्लारियलसँग २–१ गोल अन्तरले पराजित भएको हो । म्याड्रिड पराजित भएसँगै शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनोले गोल गर्दा रियलका लागि करिम बेन्जेमाले गोल गरे ।

ADVERTISEMENT

यो हारपछि रियलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। यसको सोझो फाइदा बार्सिलोनालाई पुगेको छ। भिल्लारियलसँग रियल पराजित हुँदा बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ।

यो हारपछि रियल १६ खेलपछि ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ। एक खेल कम खेलेको बार्सिलोना समान ३८ अंकका साथ शीर्ष स्थानमा छ। रियललाई पराजित गरेको भिल्लारियल भने १६ खेलपछि २७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *