सिटीसँग चेल्सी पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ ।

बिहीबार राति सिटीले चेल्सीलाई उसकै मैदान स्टामफोर्ड ब्रिजमा १–० गोल अन्तरमा हराएको हो । सिटीको जितमा रियाद महारेजले निर्णायक गोल गरे ।

ADVERTISEMENT

यो सिजन खराब लयमा रहेको चेल्सीको यो छैठौं हार हो। १७ खेल खेलेको चेल्सीले ७ जित, ४ बराबरी र ६ हारसहित २५ अंक जोडेर तालिकाको १० औं स्थानमा छ।

सिटीसँगको हारसँगै चेल्सीको शीर्ष चारमा सम्भावना थप कमजोर बनेको छ। यो जितसँगै दोस्रो स्थानमा ४ अंकको अग्रता बनाएको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ५ मा छोट्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *