फ्रेन्च लिगमा पहिलो पटक हार्यो पिएसजी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रान्सेली लिग वानमा लयमा रहेको लेन्ससँग ३-१ ले पराजित भएको छ । पिएसजी मार्चयता पराजित भएको यो पहिलो अवसर हो ।

अर्कोतर्फ लेन्स भने यस सिजन लिगमा एकपल्ट मात्र पराजित रहेको छ । आइतबारको खेलको पाँचौं मिनेटमा नै लेन्सले अग्रता लिएको थियो ।

तर, आठौं मिनेटमा पीएसजीका ह्युगो एकिटिकेले खेललाई बराबरीमा ल्याए पनि खेलको २८ औं र ४७ औं मिनेटमा गोल गर्दै लेन्सले महत्वपूर्ण तीन अंक हात पारेको हो ।

ADVERTISEMENT

यस खेलमा लियोनल मेसी र नेयमार दुवैले खेलेका थिएनन् । मेसी विश्वकप सफलतापछि अझै आराम गरिरहेका छन् भने नेयमार यसअघिको खेलमा प्राप्त रातो कार्डका कारण टिममा रहेनन् ।

जारी सिजनमा यो पिएसजीको पहिलो हार हो। हारका बाबजुद पिएसजी लिगको शीर्षस्थानमा छ। उसले १७ खेलबाट ४४ अंक हात पारेको छ। समूहको दोस्रो स्थानमा रहेको लेन्सले समान खेलबाट ४० अंक हात पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *