काठमाडौंले जनकपुरलाई हरायो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको टी-२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौं नाइट्स जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले जनकपुरलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।

काठमाडौंले दिएको १८१ रनको विजयी लक्ष्य पछाएको जनकपुर १९ दशमलब एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो । जनकपुरका लागि अरफुदिन असरफले सर्वाधिक ३३ रनको योगदान दिनुभयो भने सोमपाल कामीले २१ रन बनाउनुभयो ।

त्यस्तै, खड्क बोहोराले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंका अभिनाश बोहोरा एक्लैले चार विकेट लिनुभयो भने अजमतुल्लाह उमरजाईले दुई विकेट लिनुभयो । त्यसैगरी कमलसिंह ऐरी, अनिल खरेल र बसिर अहमदले समान एक–एक विकेट झार्नुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो । काठमाडौंका लागि सुनाम गौतमले सर्वाधिक ६२ रनको योगदान दिनुभयो ।

ADVERTISEMENT

त्यस्तै, रायन बर्लले ६१ रन जोड्नुभयो भने एलेक्स ब्लेकले २०, अजमतुल्लाह उमजाईले १० तथा लोकेश बमले सात रन बनाउनुभयो । जनकपुरका लागि जितेन्द्र मुखियाले दुई विकेट लिनुभयो भने शरफुदिन असरफ र कप्तान ट्राभोल ग्रिफिथले समान एक–एक विकेट लिनुभयो । यससँगै पाँच खेलमा काठमाडौं तीन जितसँगै छ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा छ ।

त्यसैगरी छ खेल खेलेको जनकपुर चार खेलमा जित हात पार्दै आठ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । लुम्बिनी अलस्टार छ खेलमा पाँच जित हात पार्दै १० अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ । यही पुस २७ गते हुने फाइनल खेलको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै, तेस्रो हुनले १० लाख र चौथोले पाँच लाख पाउनेछ । त्यस्तै, प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले दुई लाख ५० हजार पाउनेछन् ।

इमर्जिङ प्लेयरले एक लाख ८० हजार रुपैयाँ पाउनेछ । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फारवेस्ट युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अलस्टार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?