काठमाडौं । नेपालको महिला बिच भलिबल टोली बंगलादेशमा जारी सिएभिए बिच भलिबल प्रतियोगितामा उपविजेता बनेको छ । बंगलादेशको कक्स बजारमा बिहीबार भएको फाइनलमा श्रीलंकासँग २-० को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो । कोपिला उप्रेती र कमला पुनको जोडी रहेको नेपाललाई श्रीलंकाले २१-११ र २१-११ ले हराएको हो । यसअघि नेपालले सेमिफाइनलमा उज्वेकिस्तानलाई २-० को सेटमा हराएर श्रीलंकासँगको भेट पक्का गरेको थियो ।
पुरुषतर्फ नेपालको टोली फाइनल प्रवेश गरेको छ । पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी रहेको नेपालले सेमिफाइनलमा किर्गिस्तानलाई २–० को सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । त्यसअघि बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा उज्वेकिस्तानकी सतिभोलदिभा र जमोलोभाको जोडीलाई २-० को सोझो सेटमा हराएर कोपिला र कमलाको जोडी फाइनलमा पुगेको थियो । कोपिला र कमलाको जोडीले २१-१२ र २१-१४ को सेटमा हराउन सफल भयो ।
यसअघि कोपिला र कमलाको जोडीले लिग चरणमा उज्वेकिस्तानकी सुल्तानबोइभा र कुचकोरोभाको जोडीमाथि २१-१६ र २१-१५ को सोझो सेटमा तथा दोस्रो खेलमा बंगलादेशकी अख्तर र खातुनमाथि २१-१८ र २१-१८ को सोझो सेटमा हराएर पोल विजेता बनेको थियो ।
यस्तै, पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनारको नेपालको जोडी आफ्नो पोलमा लगातार तेस्रो जित निकाल्दै पोल विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको पोलको अन्तिम खेलमा मानबहादुर र दिलको जोडीले बंगलादेशका नुर नावी र सेफ उद्धिनको जोडीलाई २१-८ र २१-१४ ले पराजित गर्दै पोल ‘ए’ को विजेता बनेको हो ।
मानबहादुर र दिलको जोडीले पहिलो खेलमा बंगलादेशका विश्वास पाभेलको जोडीमाथि २१-१८ र २१-१९ को सेटमा जित निकाल्दा अर्काे खेलमा माल्दिभ्सका अहमेद र सामेलको जोडीलाई १७-२१, २१-१४ र १५-९ को सेटमा जित निकालेको थियो ।
पुरुषतर्फ बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको छ । महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोली रहेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा