काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले स्टारबौर्गलाई २(१ गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा केलियन एम्बाप्पे नायक साबित भए । खेलको १४ औं मिनेटमा पीएसजीले सुरूआती अग्रता बनायो। पीएसजीका लागि नेइमारको सहयोगमा मार्किन्होसले गोल गरेका थिए।
दोस्रो हाफको ५१ औं मिनेटमा मार्किन्होस आफैंले स्ट्रासबर्गलाई उपहार गोल दिएपछि खेल एक(एक गोलको स्थितिमा पुग्यो। ६२ औं मिनेटमा पीएसजी दश खेलाडीमा झर्यो।
नेयमारले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको हो ।
निर्धारित समय एक/एक गोलको बराबरीमा भए पनि इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले पीएसजीलाई महत्वपूर्ण तीन अंक दिलाए ।
जितसँगै पीएसजीले १६ खेलमा ४४ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ । स्टारबौर्ग ११ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts