कास्य विजेता दिवान्सलाई राखेपको बधाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एसियाली किक बक्सिङ च्याम्पियनसिपका कास्य विजेता दिवान्स श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बधाई दिनुभएको छ । त्रिपुरेश्वरस्थित आफ्नै कक्षमा भेट गरी सदस्य-सचिव घिसिङले दिवान्सलाई सफलताका लागि बधाई दिनुभएको हो ।

डिसेम्बर १० देखि १८ तारिखसम्म थाइल्याण्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५७ केजीमा दिवान्सले २ राष्ट्रका खेलाडीलाई हराउँदै कास्य जित्नुभएको थियो । उहाँले कम्बोडिया र चाइनिज ताइपेइका खेलाडीलाई पराजित गर्नुभयो । त्यसपछि दिवान्स इरानका खेलाडीसँग चुक्नुभएको थियो ।

ADVERTISEMENT

नेपालबाट पुरुष ८० केजीमा प्रतिस्पर्धा गर्नुभएका सन्जित शाही भने पहिलो चरणमै काजकिस्तानका खेलाडीसँग पराजित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *