आहा रारा गोल्डकपको खेल तालिका सार्वजनिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

पोखरा । मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार दुई ‘ए’ डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले क्वार्टरफाइनलमा भिड्ने भएका छन् । आयोजक सहारा क्लब पोखराले सार्वजनिक गरेको खेल तालिका अनुसार आर्मी र संकटाबीचको क्वार्टरफाइनल पुस १८ गते हुनेछ । प्रतियोगिताको उद्घाटन खेल पोखरा रंगशालामा पुस १४ गते हुनेछ । उद्घाटन खेल सहारा र धरान एफसीबीच हुनेछ । उक्त खेलको विजेताले पुस १६ गते साविक विजेता नेपाल एपीएफ क्लबको सामना गर्नेछ ।

एपीएफसँगै साविक उपविजेता मनाङ मस्र्याङ्दी क्लब, आर्मी, संकटा र शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र एफसीले सोझै क्वार्टरफाइनलमा स्थान पाएका छन् । अन्य ‘ए’ डिभिजन क्लब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच भने पुस १५ गते पहिलो चरणमा प्रतिस्पर्धा हुनेछ । त्यो खेलको विजेताले पुस १७ गते मछिन्द्रको सामना गर्नेछ । मनाङले दोस्रो चरणमा सोझै प्रवेश पाएको अर्को टोली भुटनिज युथ एससी युएसएको सामना गर्नेछ ।

प्रतियोगिता पुस १४ देखि २५ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगितामा साविक विजेता नेपाल एपीएफ क्लब, साविक उपविजेता मनाङ मस्र्याङ्दी क्लबसहित त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाइएसस्सी, मछिन्द्र क्लब, नेपाल प्रहरी फुटबल क्लब, संकटा क्लब, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले सहभागिता जनाउँने छन् ।

ADVERTISEMENT

यसपटक विजेताले १२ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा दुई र दोस्रोमा एक लाख रुपैयाँ वृद्धि गरिएको हो । २०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औं संस्करणबाट आहा रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेस्रो व्याचको एकेडेमीमा १३ जना बालक आश्रित रहेको सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताउनुभयो ।

प्रतियोगिताबाट आम्दानी एक करोड ५९ लाख ५० हजार रुपैयाँ र खर्च एक करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसी स्मृतिमा प्रदान गरिने जनाइएको छ । सहउपप्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा, एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी, अफिसियल बैंक लुम्बिनी विकास बैंक, अनलाइन टिकेटिंङ पार्टन माई पे, अफिसियल स्पोट्र्स वयर एक्स टेप, एयरसन इन्टरन्यासनल् प्रालि इन्टरनेट पार्टनर, पब्लिक फोरके टेलिभिजन प्रत्यक्ष प्रसारण, अफिसियल एयर लाइन्स बुद्ध एयर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?