बारामा गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 1 min

बारा । बारामा शुक्रवार साँझ एकजना भारतीय नागरिकको गोली हानी हत्या भएको छ ।

बाराको सदरमुकाम कलैया देखि ७ किलोमीटर पूर्वमा रहेको महागढीमाई नगरपालिका २ स्थित भुतही पुल नजिक साँझ करिब ६ बजे भारतको छौडादानो पिप्राका ४५ बर्षीय शिवपुजन यादवको गोली हत्या गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी गराउनु भयो ।

खाजा खाएर होटलबाट निस्केका यादवलाई दुईवटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले भारतीय नागरिक यादव माथि गोली प्रहार गरेको उहाँले बताउनुभयो ।

छातीमा गोली लागेर गम्भीर घाईते भएका यादवलाई उपचारका लागि नौतन स्थित एलएस न्युरो अस्पतालमा ल्याइएकोमा यादवको मृत्यु भएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

घटनामा संलग्नहरुको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यादव भारतीय प्रहरीको खोजी सुचीमा रहेको र लुकेर आफन्तको घरमा बस्दै आएको खुलेको उहाँले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *