सेन्ट जेभियर क्वाटरफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । सेन्ट जेभियर स्कुल, डिओनिया झापा, भक्तपुर निस्ट र नेपाल डनबस्को स्कुल लुभु ललितपुरमा जारी २५औँ संस्करणको फादर मोरान स्मृति विद्यालयस्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेन्ट जेभियर स्कुल गोदावरीको खेल मैदानमा भएको लिग चरणको अन्तिम खेलमा सफलता हात पार्दै सेन्ट जेभियर डिओनिया, भक्तपुर निस्ट र नेपाल डनबस्कोले अन्तिम आठको यात्रा तय गरेका हुन् ।

सेन्ट जेभियर डिओनिया झापाले डल्फिन इंग्लिस स्कुललाई ३-० ले पराजित गर्‍यो । सेन्ट जेभियर डिओनियाको जितमा आरभ आचार्य, आरोन आचार्य र प्रजय तामाङले गोल गर्नुभयो । डल्फिनका युकेश तामा प्लेयर अफ दि म्याच घोषित हुनुभयो । सेन्ट जेभियर डिओनिया समूह ‘बी’ बाट उपविजेता बनेको हो । यो समूहबाट सेन्ट जेभियर जावलाखल समूह विजेता बनेको छ ।

दिनको दोस्रो खेलमा भक्तपुर निस्ट र क्रेसेन्ट एकेडेमीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे पनि समूह ‘सी’ को उपविजेता बन्यो । भक्तपुर निस्टले तीन खेलबाट चार अंक जोड्यो । क्रेसेन्टले एक अंक जोड्यो । भक्तपुर निस्टका स्यारोन कटुवालले गोल गर्दा क्रेसेन्टका सिद्धार्थ घलेले गोल फर्काउनुभयो । सिद्धार्थ नै म्यान अफ दि म्याच घोषित हुनुभयो ।

ADVERTISEMENT

अर्काे खेलमा गोदावरी आवासीय स्कुलमाथि ८-० को फराकिलो जित निकाल्यो । नेपाल डनबस्को समूह ‘डी’ को विजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । नेपाल डनबस्कोको जितमा आयुष तामाङले हृयाट्रिकसहित ४ गोल गर्नुभयो । सुरेश तामाङले २ तथा रोजक महर्जन र रुप्सन महर्जनले समान एक गोल गर्नुभयो । नेपाल डनबस्कोले तीन खेलबाट सात अंक जोड्यो । गोदावरी अंकविहीन हुँदै पुछारमा रहृयो ।

यससँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब क्वाटरफाइनलका खेलहरू २१ डिसेम्बरबाट सुरु हुनेछन् । क्वाटरफाइनलमा सेन्ट जेभियर जावलाखेल र मोर्डन इण्डियन स्कुल, नेपाल डनबस्को र सेन्ट जेभियर डिओनिया झापा, माया युनिभर्स र भक्तपुर निस्ट तथा लिटिल एन्जल्स र आयोजक सेन्ट जेभियर गोदावरीबीच प्रतिस्पर्धा हुनेछ ।

सेन्ट जेभियर स्कुल गोदावरीको आयोजनामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्बरसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?