रियल म्याड्रिडमा प्रशिक्षण गर्दै रोनाल्डो

Read Time = 2 mins

म्याड्रिड । म्यानचेस्टर युनाइटेडसँग सम्बन्ध तोड्नुभएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडमा प्रशिक्षण गरिरहेको देखिएको छ । विश्वकपअघि म्यानचेस्टर युनाइटेड छोड्नुभएका रोनाल्डो हाल क्लबविहीन हुनुहुन्छ ।

पोर्चुगल कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलबाट बाहिरिएको थियो । त्यसलगत्तै कतार छोड्नुभएका रोनाल्डो स्पेन पुग्नुभएको हो । नयाँ सिजनको तयारीका लागि फिटनेस कायम राख्न हाल उहाँ प्रशिक्षण गरिरहनुभएको हो ।

ADVERTISEMENT

लामो समय रियलमा बिताउनुभएका रोनाल्डोले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग व्यक्तिगत छलफल गरेर नै प्रशिक्षणका लागि स्वीकृति लिएको जनाइएको छ । यद्यपि रोनाल्डो रियलमै फर्कने सम्भावना भने निकै कम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि रोनाल्डोको सन्यास घोषणा आउने अनुमान गरिएको थियो । तर, रोनाल्डोले तत्काल सन्यास नलिने पनि जनाउ दिइसक्नुभएको छ । ३७ वर्षीय रोनाल्डोले कम्तीमा सन् २०२४ को युरोकपसम्म खेल्ने जनाउनुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *