एथलेटिक्स टिम बंगलादेश प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मित्रराष्ट्र बंगलादेशको ढाकामा यही मंसिर २७ गतेबाट २९ गतेसम्म आयोजना हुने ५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बिकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपालका सातजना यू-१७ खेलाडीले सहभागिता जनाउने भएका छन् । पुरुषतर्फ पुष्पराज यादवले १०० मिटर, २०० मिटर दौडमा, ऋषिबहादुर कुमालले १०० मिटर दौड, सनिल गोर्खालीले २०० मिटर दौड र ट्रिपलजम्पमा, विश्वराम कुँवरले ८०० र १५०० मिटर दौडमा भाग लिनुहुनेछ भने महिलातर्फबाट काथ्रिन वासुकलाले ८०० र १५०० मिटर दौड, ब्रिटिशा शिल्पकारले १०० र २०० मिटर दौडमा तथा सीमा श्रेष्ठले १०० मिटर दौड र हाइजम्पमा सहभागिता जनाउनुहुनेछ ।
यसैगरी पुरुष चार गुणा १०० मिटर रिले दौडमा पनि सहभागिता रहनेछ ।

ADVERTISEMENT

प्रतियोगितामा भाग लिने टिमलाई एथलेटिक्स परिवार, नेपालका मानार्थ सदस्य मुकुन्दहरि श्रेष्ठ, बुद्धवीर लामा, सल्लाहकार सुशील नरसिंह राणा, बाबुकृष्ण महर्जन, अध्यक्ष राजन खत्री, उपाध्यक्ष रमेश शाक्य, सदस्य रामकृष्ण महर्जन, सरस्वती खड्का, स्वयम्भुराज डंगोल, राजु सिंह, पूर्वखेलाडी रेशम कुमाल, पुष्पलाल श्रेष्ठ, रमेश जैशीलगायतले सफलताको कामनासहित शुभकामना व्यक्त गर्दै बिदाइ गर्नुभयो । उक्त टोलीको टोली नेतामा सिद्धान्त अधिकारी, अफिसियलमा सुष्मा पाण्डे, बिना श्रेष्ठ र प्रशिक्षकमा आशाराम गोथे रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *