फ्रान्स सेमिफाइनलमा, इंग्ल्याण्ड घर फर्कियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै फ्रान्सले लगातार दोस्रोपटक अन्तिम ४ मा स्थान बनाएको हो ।

क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २-१ गोलको नतिजामा पराजित गर्दै साविक विजेता फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ। शनिबार राति अल बायट रंगशालामा भएको खेलमा साविक विजेता फ्रान्सले इंग्ल्याण्डलाई २-१ गोलले हरायो ।

खेलको १७औं मिनेटमा औरेलिन चोआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । पहिलो हाफमा १-० ले पछि परेका इङ्ल्यान्डले ५४औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने मौका पाएको थियो।

ADVERTISEMENT

फ्रान्सका स्कोरर चोआमेनीले १८ यार्ड बक्समा बुकायो साकामाथि फाउल गरेपछि ग्यारेथ साउथगेटको इङ्ल्यान्ड पेनाल्टी पायो। सोही पेनाल्टीको सदुपयोग गर्दै कप्तान ह्यारी केनले खेल बराबरीमा ल्याएका थिए।

प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा फ्रेन्च फरवार्ड ओलिभर जिरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै पुनः फ्रान्सलाई अग्रता दिलाए। एन्टोइन ग्रिज्म्यानले बायाँतर्फबाट दिएको क्रसलाई पेनाल्टी बक्स भित्र रहेका जिरुडले गोलमा परिणत गरेका थिए ।

त्यसपछि दुबै टोलीबाट थप गोल निस्किएन र फ्रान्स २-१ ले विजयी भयो । अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्को पोर्चुगललाई हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?