काठमाडौं । आयोजक नेक्सस इन्टरनेसनल एकेडेमी र वेष्ट ग्रुप भिजन एकेडेमी पाँचौं नेक्सस-संकटा कप छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले लोयल्टी एकेडेमीलाई ४-० गोलले पराजित गर्यो । नेक्ससका अनिश थापा मगरले २ तथा देवराज मगर र दिलन लिम्बूले एक-एक गोल गर्नुभयो ।
वेष्ट ग्रुपले लाइसियम प्याराडाइसलाई दुई-एक गोलले हरायो । वेष्ट ग्रुपका लागि दुवै गोल साहिल तामाङले गर्नुभयो । लाइसियमका सुजन खत्रीले एक गोल फर्काउनुभयो । फाइनल शनिबार हुनेछ । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक विवेक कट्वालले जनाउनुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts