काठमाडौं जेभियर्स र चैतन्य संस्कार सफल

Read Time = 1 min

काठमाडौं । काठमाडौं जेभियर्स र चैतन्य संस्कार शिक्षालय ११औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई ३०-२ तथा चैतन्यले केइएसलाई २१-६ ले पराजित गरे । सूर्योदय र एआइए सेमिफाइनलमा पुगिसकेका छन् ।

ADVERTISEMENT

सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई २५-१०, डेनेबले लिभरपुललाई ३९-१९ र सेन्टपलले सूर्योदयलाई २२-५ ले हराउँदै क्वाटरफाइनलमा पुगे ।

प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा इनोभेटिभले इलाइट ग्राण्डलाई १०-४ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?