सोमपालको वरीयता सुधार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीको एकदिवसीय बलिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपाल दुई स्थान माथि उक्लिनुभएको छ ।

नयाँ वरीयतामा सोमपाल ९३औँ स्थानमा हुनुहुन्छ । बलिङतर्फ सन्दीप लामिछानेले एक स्थान सुधार गरेर ३७औँ स्थानमा पुग्नुभएको छ । ब्याटिङतर्फ आसिफ शेख र कप्तान रोहितकुमार पौडेलको वरीयता यथावत् रहेको छ ।

ADVERTISEMENT

नयाँ वरीयतामा शेख ९१औँ र पौडेल ९२औँ स्थानमा रहनुभएको छ । ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्षस्थानमा रहनुभएको छ । बलिङतर्फ भने न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *