विश्वकपमा स्विट्जरल्याण्डसँग क्यामरुन १-० ले पराजित

Read Time = 1 min

काठमाडौं । विश्वकप फुटबलमा स्विट्जरल्यान्डले क्यामरुनमाथि जित निकाल्दै विजयी सुरुवात गरेको छ । शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको हो ।

खेलको ४८औं मिनेटमा ब्रिल इम्बोलेले गरेको गोल नै उसको जितमा निर्णायक बन्यो । गोल गर्दै इम्बोलेले टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाएका हुन् ।

ADVERTISEMENT

उनले विपक्षीलाई बिट गर्दै सहज गोल गरेका थिए । जितसँगै समूह जी मा रहेको स्विट्जरल्याण्डको अघिल्लो यात्रा सहज बनेको छ । यो समूहमा यी दुई टोलिसँगै ब्राजिल र सर्विया छन् । ब्राजिललाई बलियो टोलीको रुपमा हेरिएको छ । ब्राजिलले पहिलो खेलमा शुक्रबार राति सर्वियासँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?