काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ हजार ६ सय ३५ मतसहित अग्रता कायम गरिरहनुभएको छ ।
हालसम्म ३५ हजार १५३ गणना हुँदा एमालेका एकबहादुर राना १० हजार ९८३ मतसहित पौडेललाई पछ्याइरहनु भएको छ। एमालेका राना कांग्रेसका पौडेलभन्दा दुई हजार ६ सय ५२ मतान्तरले पछि पर्नुभएको छ ।






