काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जित सुनिश्चित गर्नुभएको छ। प्रतिनिधिसभा सदस्यतर्फ झापा १ बाट उम्मेदवार बन्नुभएको उहाँले अन्तिम मतपरिणाम नआउँदै जित सुरक्षित गर्नुभएको हो ।
यहाँ अझै १० हजार नौ सय ४९ मत गन्न बाँकी छ । उहाँ प्रतिस्पर्धी एमालेका अग्नी खरेलभन्दा १३ हजार तीन सय ९४ मतले अगाडि हुनु हुन्छ । शर्माले ३७ हजार तीन सय दुई मत पाउँदा खरेलको मत २३ हजार नौ सय आठ मत छ । यस क्षेत्रबाट ८७ हजार तीन सय ९६ मत खसेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts