बैतडी । बैतडीमा सबै मतपेटिका जिल्ला सदरमुकाम आईपुगेका छन् । आज बिहान १० बजे सबै मतदान केन्द्रबाट मतपेटिका समदरमुकाम पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालको नवनिर्मित भवनमा मत पेटिका राखिएको र दिउसो १ बजे सर्बदलिय बैठक पनि बोलाइएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।
उहाँकाअनुसार आजैबाट मतगणना सुरु हुने छ । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा ७८ हजार ३६९ मत खसेका थिए ।






