पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा एक पसलमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालिका-६ लामालेकमा रहेको रामदत्त भट्टको महारुद्र फेन्सी स्टोर तथा आटा चक्की खुद्रा पसलमा आगलागी भएको हो ।

सोमबार राति ११ बजेर २० मिनेटमा भट्टको पसलमा आगलागी हुँदा पसलभित्र रहेका सबै सामग्री जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

आगलागीबाट ३५ लाख बराबरको क्षति भएको पसल सञ्चालक भट्टले बताउनुभयाे । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा पसलमा लागेको आगो निभाइएको थियो ।

रातिको समयमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *