बैतडीमा नेपाल टेलिकमको टावरमा राखेका उपकरण तोडफोड

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको सिगास गाउँपालिका-१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावरमा जडान गरिएका उपकरणमा तोडफोड गरिएको छ । कृषि विकास बैंक गाँजरीका लागि टेलिकमको टावरबाट इन्टरनेट सेवा लिन राखिएका छुट्टै उपकरणहरुमा तोडफोड गरिएको हो ।

तोडफोड कसले गरेको भन्ने खुलेको छैन । नेपाल टेलिकमको टावरमा बैंक प्रयोजनको लागि राखिएका छुट्टै ब्याट्री र सोलारपातामा तोडफोड गरिएको कृषि विकास बैंक गाँजरी शाखाका प्रबन्धक सुदीप चन्दले जानकारी दिनुभयो । सोलारको माध्यमबाट चल्ने गरेको उक्त टावरमा बैंक प्रयोजनको लागि छुट्टै पावर सप्लाईका लागि बैंकको तर्फबाट राखिएका छुट्टै ब्याट्री र सोलारमा तोडफोड गरी काम नलाग्ने अवस्थामा पुर्‍याएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

उपकरणहरुमा क्षति पुगेसँगै बैंकका लागि जडान गरिएको इन्टरनेट सेवा पनि बन्द भएपछि बैंकीङ कारोबार पनि ठप्प जस्तै बनेको कृषि विकास बैंक गाँजरी शाखाका लेखापाल राम बहादुर बिकले जानकारी दिनुभयाे । अनलाईनको माध्यमबाट हुने रकम जम्मा र भुक्तानीको काम समेत हुन नसकेको उहाँले बताउनुभयो ।

आइतबार देखि इन्टरनेट सेवा अवरुद्ध बनेकाले गत शनिबार नै अज्ञात समुहले तोडफोड गरेको हुनसक्ने आँकलन गरिएको छ । यस विषयमा गाँजरी प्रहरी चौकीलाई पनि जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *