‘सबै खेलाडी देशका कमाण्डो’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न १०औँ एसियाली खेलकुदका कास्य पदक विजेता तेक्वान्दो खेलाडी राजकुमार राईले सबै खेलाडी देशका कमाण्डो भएको बताउनुभएको छ । उहाँ अभिनित नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रिजर रिलिज तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सन् १९९९ मा नेपालमै आयोजना भएको आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता राईले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम उँचो बनाउने काम खेलाडीले गर्ने भएकाले उनीहरू हरेक देशका सच्चा कमाण्डो भएको बताउनुभयो । ‘विश्वमा देशलाई चिनाउने र राष्ट्रको झण्डा फहराउने काम त्यहाँका खेलाडीले गर्छन् । त्यसैले खेलाडीहरू हरेक देशका कमाण्डो हुन्,’ राईले भन्नुभयो ।

आधुनिक कालको फकल्याण्ड युद्ध वा अफगानिस्तानमा तालिबानविरुद्धको लडाइँ, गोर्खालीले देखाएको साहस र बहादुरीको बखान अहिले हुने बताउँदै उहाँले गोर्खाली सेनाको बहादुरी, साहस र जीवन संघर्षलाई आधार बनाएर नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले सन् १९९८ मा निर्माण भएको ‘द कमाण्डो’ चलचित्रलाई आधार बनाएर ‘सोल अफ द कमाण्डो’ निर्माण गरिएको बताउनुभयो ।

ADVERTISEMENT

युवराज राईको निर्देशनमा निर्माण भएको ‘सोल अफ द कमाण्डो’ आगामी मंसिर २३ गतेबाट नेपाल अधिराज्यभर एकैसाथ प्रदर्शन हुँदैछ । चलचित्रमा राजकुमार राईसँगै कमला खापुङ लिम्बू, सेसुका राई, शिशिर वाङ्देल, नरेन खड्का, संगीता लावती, पुष्पा श्रेष्ठ, एञ्जल राई, पूर्ण लिम्बू, नरेन्द्र लिम्बू, रूपेश झा, टिकाराम ठकुरी, सोनिका राई, सीमा राईलगायतको अभिनय छ ।

‘सोल अफ द कमाण्डो’को निर्मातामा विजया राई, रवि थापा, मिलन राई र डेनी लिम्बू हुनुहुन्छ । चलचित्रमा एनबी महर्जन र सानुकुमार महर्जनको द्वन्द्व, सिमोन राजवंशीको कोरियोग्राफी र दीर्घ गुरुङको छायांकन छ ।

ट्रिजर रिलिज कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ, नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठलगायत ‘सोल अफ द कमाण्डो’ का निर्माता, कलाकार, प्राविधिक र खेलाडीहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?