युनेशको स्थानमा सरोज खेल्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आइतबार चाइनिज ताईपेइविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

सवा २ बजे सुरु हुने खेलका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपालको प्लेइङ सेट सार्वजनिक गरेका छन् । यसअघि थाइल्यान्ड र भियतनामविरुद्ध एकै खेलाडीलाई अवसर दिएका श्रेष्ठले ताईपेइविरुद्ध दुई परिवर्तन गरेका हुन् ।

युनेश बुढाथोकीलाई सरोज दर्लामी तथा विक्रम तामाङले आश्विन घोरासैनीलाई स्थानान्तरण गरेका छन् । ताईपेइविरुद्ध नेपाल ४-२-३-१ को रणनीतिमा उत्रने छ ।

ADVERTISEMENT

छनोटको अन्तिम खेलमा सुवास बमले नेपालको अग्रपंक्ति सम्हाल्नेछन् । उनलाई मिडफिल्डर निरज कार्की, सरोज दर्लामी र हरिसराज भट्टले साथ दिनेछन् । लक्षु थापा र कप्तान प्रशान्त लक्षम लिम्बूले सेन्टर मिडफिल्डरको भूमिका निभाउने छन् । रक्षकमा दीपक थापामगर, विक्रम तामाङ, सिमन्त थापा र निशान्त तामाङ रहनेछन् । गोलरक्षकमा कृशल मेक्तान छन् ।

जारी प्रतियोगितामा नेपालले थाइल्यान्डविरुद्ध ३-० र भियतनामविरुद्ध ५-० को नतिजामा खेल गुमाएको थियो । नेपाल र चाइनिज ताईपेइ अन्तिम खेलमा सुखद् अन्त्यको खोजीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?