नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत : विश्व बैंक

Read Time = 2 mins

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले हालै नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो । सरकारले भने यस वर्ष आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।

केही दिनअघि एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने उल्लेख गर्दै विश्व बैंकले विदेशी मुद्राको सञ्चितिमा आएको कमीमा पनि क्रमिक सुधार आउने आँकलन गरेको छ ।

ADVERTISEMENT

विश्व बैंकका अनकुसार यस वर्ष दक्षिण एसियाली क्षेत्रको विस्तार औसतमा ५.८ प्रतिशत रहनेछ । भारतले सेवा क्षेत्र र निर्यात व्यापारका कारण सकारात्मक वृद्धि गरिरहेको छ भने रुस-युक्रेन युद्धले मूल्यमा परेको प्रभाव भने विश्वव्यापी बन्ने देखिएको छ । दक्षिण एसियामा सबैभन्दा संकटमा भने श्रीलंकाको अर्थतन्त्र रहेको छ । यस वर्ष श्रीलंकाको अर्थतन्त्र ९.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । विश्व बैंकले जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावसमेत विश्लेषण गरेको छ । आगामी दिनमा यसको प्रभाव अझ तीव्रगतिमा देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?