काठमाडाैं । आइसिसी टी-२० विश्वकप खेलेर नेपाली क्रिकेट टीम स्वदेश फर्किएकाे छ । क्रिकेट टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो ।
एउटा समूह राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे । त्यसैगरी, अर्को समुह बिहान १० बजे अवतरण गरे । अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो ।
नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण खेल सञ्चालन हुन सकेकाे थिएन । बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो ।
नेपाल इतिहासमा नै दोस्रो पटक टी-२० विश्वकपमा सहभागी बनेको थियो ।






