पुस्तक : साङ्गीतिक सफलताको शिखरमा रहेका सन्तोषको ‘फरैना’

हिमालय टाइम्स कालिकोट, संवाददाता

✍️ गीता अधिकारी

नेपाली साङ्गीतिक क्षेत्रमा सफलताका चुचुराहरू चुमिरहनुभएका सङ्गीतकार सन्तोष श्रेष्ठ उपन्यासकारमा रूपमा ‘फरैना’ मार्फत नेपाली साहित्यिक क्षितिजमा झुल्किनुभएको छ । यसअघि ‘आँसु’ गजलसङ्ग्रह र ‘अधुरो सपना’ लघुकथासङ्ग्रह पाठकमाझ ल्याउनुभएका श्रेष्ठको पहिलो उपन्यास कृति ‘फरैना’ बजारमा आएको हो । उहाँ नेपाली साङ्गीतिक आकाशका एक प्रसिद्ध सङ्गीतकार हुनुहुन्छ । उहाँले ४१ वटा एकल एल्बमका साथै अन्य फुटकर सयौं गीतमा समुधर सङ्गीत भर्नुभएको छ ।

बहुप्रतिभाका धनी सन्तोषले गीतकारका रूपमा पनि आफूलाई श्रोता/दर्शकमाझ पुर्‍याउनु भएको छ भने उहाँको स्वरमा रहेका गीत पनि त्यतिकै मन पराइएका छन् । यस्तै विश्व सङ्गीतको इतिहासमै अन्तर्राष्ट्रिय पचास भाषाका गीतमा सङ्गीत भरेर श्रेष्ठले गिनिज बुक अफ वल्र्ड रेकर्डमा कीर्तिमानी राख्न सफल हुनुभएको छ । कीर्तिमानी सङ्गीतकार श्रेष्ठ धेरै विधामा सक्रिय रहे पनि यसअघि उहाँ सङ्गीतकारकै रुपमा आफ्नो दर्बिलो स्थान स्थापित गर्न सफल हुनुभएको छ ।

अब फरैनामार्फत उपन्यासकारका रूपमा उहाँको शसक्त उपस्थिति भएको छ । उपन्यास सार्वजनिक हुनुअघि नै यसको प्रमोसन गीत श्रोता÷दर्शकमाझ सार्वजनिक गर्नुभएका श्रेष्ठको यो गीतको लोकप्रियतासँगै उपन्यासलागि लिएर कौतुहलता थियो । सम्भवतः उपन्यास सार्वजनिक सँगै उपन्यासको प्रमोसन गीत सार्वजनिक भएको विश्वमै पहिलो पटक हुनसक्छ । उपन्याससँग त्यससम्बन्धित गीत सार्वजनिक भएको पाइँदैन । आफ्ना हरेक सिर्जनामा नवीनता पस्किने सन्तोषले उपन्याससँगै यसको गीत
‘हिमाल झुक्न सक्छ, सागर सुक्न सक्छ
गन्तव्यमा नपुग्दै जीवन रुक्न सक्छ
तर हामी कहिल्यै झुक्नु हुँदैन, सुक्नु हुँदैन, रुक्नु हुँदैन’ ल्याउनुभएको थियो ।

इन्डिगो इन्क प्रा.लि.काठमाडौं प्रकाशक रहेको २३० पृष्ठको यस उपन्यासको मूल्य ३९९ रहेको छ । उपन्यासमा उहाँले थारू समुदायका विविध पक्षलाई समट्नु भएको छ भने त्यस समुदायकी एक पात्र फरैनालाई लिएर उहाँले यो उपन्यास तयार पार्नुभएको छ । उपन्यासमा उहाँले थारू समुदायले भोग्नुपरेका दुःख पीडा, विभिन्न अवस्थालाई चित्रण गर्नुभएको छ । त्यो समुदायको दर्दनाक अवस्थाका विभिन्न मोडलाई चित्रण गर्नुभएको छ भने हिलोमा कमल फुल्छ भने झैँ त्यस समुदायकी पात्र फरैनाको विद्रोह र उसको सफलतालाई उहाँले बडो कलात्मक ढङ्गले यसमा पस्किनुभएको छ ।

सत्ताइस भागमा विभाजन गरिएको यस उपन्यासमा फरैनाको बाल्यकाल, युवा अवस्था, उसमा सानैदेखिको विद्रोह चेत, आफू र आफ्नो समुदायले भोग्नु परेका अनेक अवसाद, त्यसबाट मुक्तिको प्रयास र उसको सफलताको कथा स्रष्टा श्रेष्ठले निक्कै कलात्मक र कौतुहल्तापूर्ण तरिकाले उन्नुभएको छ ।

ADVERTISEMENT

उपन्यास पढ्दै गर्दा अब के हुन्छ भन्ने कौतुहल्ताले पाठकलाई बाधेर राख्दछ भने कति ठाउँमा पढ्दा पढ्दै अन्यासै आँखा रसाउन थाल्छन् । जस्तै कठोर हृदय भएकालाई पनि यस उपन्यासले भावुक बनाउँदछ । उपन्यास पढ्दै जाँदा सन्तोष श्रेष्ठको यो पहिलो उपन्यास कृति हो जस्तै लाग्दैन । पहिलो कृतिमै उहाँ सिद्धहस्त उपन्यासकारको रुपमा देखा पर्नुभएको छ । साङ्गीतिक उचाइ चुम्न सफल सन्तोष उपन्यासकारको रूपमा पनि त्यही उचाइ चुम्ने निश्चित प्रायः देखिन्छ । उहाँले पात्रको प्रस्तुति, घटनाक्रम, परिवेशलाई निकै कुशलतापूर्वक यसमा प्रस्तुत गर्नुभएको छ ।

सामान्य परिवारमा जन्मिएकी एक पात्र फरैना अनेक अवसरबाट बञ्चित हुँदा पनि अनेकन दुःख पीडाबीच कसरी आफ्नो विजयको झण्डा फराउन सक्छे भन्ने मुख्य कुरा यस उपन्यासमा प्रस्तुत गरेर उहाँले तमाम फरैनालाई आशाको ज्योतिका रूपमा प्रस्तुत गर्नुभएको छ । उपन्यासले विद्रोह बोल्छ, आशाको किरण प्रभाव गर्छ, केही गर्नुपर्छ भन्ने जुनुन सिर्जना गर्छ र कठोर संघर्षले मानिसलाई अवस्य सफलता दिलाउँछ भन्ने पाठ सिकाउँछ ।

‘आफू सानो छँदा देखेका दृश्यहरूले मलाई घच्घच्याइरहे । मनमा अनेकौं प्रश्नहरू उब्जिरहे । जीवनको दौडमा मेरो कर्म सङ्गीत क्षेत्रतर्फ व्यस्त रहृयो । यस्तै यस्तै सयौं घटनाहरूमाथि लेखिएका शब्दहरूमा सङ्गीत सिर्जना गरेर म सामाजिक जागरणको कार्यमा अग्रसर भइरहेँ तथापि सानोमा आफूले प्रत्यक्ष देखेका ती विषय, सन्दर्भ भने मेरो मन मस्तिष्कमा उकुसमुकुस भइरहेका थिए । त्यसैलाई अभिव्यक्त गर्न मैले यो उपन्यासको सहारा लिएँ’ उपन्यासको गर्भगृह स्रष्टा सन्तोषले यसरी व्यक्त गर्नुभएको छ ।

२७ भागमा विभाजन गरिएको यस उपन्यासमा फरैनाको बाल्यकाल, युवा अवस्था, उसमा सानैदेखिको विद्रोह चेत, आफू र आफ्नो समुदायले भोग्नु परेका अनेक अवसाद, त्यसबाट मुक्तिको प्रयास र उसको सफलताको कथा स्रष्टा श्रेष्ठले यस उपन्यासमा निक्कै कलात्मक र कौतुहल्तापूर्ण तरिकाले उन्नुभएको छ । पढ्दै गर्दा पाठकमा यसले विद्रोहको भावना जाग्रित गराउछ । शरीरमा काडा उमार्दछ । सफलताको कथाले खुशी बनाउदछ । उपन्यासको प्रस्तुतीकरण सरल र सहजका साथै गहन विषयवस्तुले पाठकलाई बाधेर राख्दछ । यो स्रष्टा श्रेष्ठको खुबी हो । हाम्रै परिवेशका घटना क्रमलाई टपक्क टिपेर उहाँले प्रस्तुत गर्नुभएको छ यो उपन्यासमार्फत ।

श्रेष्ठको पहिलो उपन्यासले के देखाउछ भने उहाँका अझै यस्ता अनेक कृतिको जन्म हुनेछ । गीत संगीतमा नयाँनयाँ प्रयोग, यसको संरक्षण सम्बद्र्धन गर्न लागिपरिरहनु भएका स्रष्टा श्रेष्ठले उपन्यासकारका रूपमा पनि आफ्नो दर्बिलो उपस्थित जनाउनुभएको छ । श्रेष्ठका आगामी दिनमा यस्तै यस्तै अन्य कृति प्रकाशन हुँदै जाउन त्यसको हामीले रस्वादन गर्न पाइराखौँ यही गीता कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *