लेवान्डोस्की चम्कदा बार्सिलोनाको सहज जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । १० खेलाडीमा सीमित इल्चेलाई ३-० ले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा मेम्पिस डिपाएले एक गोल गरे । खेलको १४औं मिनेटमा गोन्जालो भर्डुले रातो कार्ड पाउदै मैदान छोडेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।

घरेलु टिमका लागि रोवर्ट लेवान्डोवस्कीले ३४औं मिनेटमा अग्रता दिलाएका थिए । यस्तै, ४१औं मिनेटमा मेम्फिस डिपेले बार्सिलोनाको अग्रता दोब्बर पारे । ४८औं मिनेटमा लेवान्डोवस्कीले नै बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

ADVERTISEMENT

यसै सिजन बायर्न म्युनिखबाट क्याम्प नोउ भित्रिएका लेवान्डोवस्कीले बार्सिलोनाबाट सबैखाले प्रतियोगितामा गरी गरेको यो ११औं गोल हो ।

बार्सिलोना यो सिजन घरेलु लिगमा अझै अपराजित छ । जितसँगै ६ खेलबाट १६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो । यद्यपि, एक अंकले मात्र दोस्रो स्थानमा रहेको रियल मड्रिडले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?