‘नाम र कागजपत्र दुरुपयोग गर्नेलाई कडा कारबाही होस्’

Read Time = 3 mins

काठमाडौं । अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र कागजपत्रको दुरुपयोग गर्नेप्रति कानुनी कारबाही अगाडि बढाउने बताउनुभएको छ । उहाँले ‘तिम्रो नजर’ चलचित्र निर्माण कार्यमा आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएकोप्रति आपत्ति जनाउनुभएको हो ।

‘तिम्रो नजर’ शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लु बर्ड एचडी’सँग आफूले काम गर्ने कुनै सम्झौता नगरेको समेत उहाँले स्पष्ट पार्नुभएको छ । बुधबार केही सञ्चारमाध्यममा नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देलले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेश गरेको भन्ने विषयमा समाचार प्रकाशन भए पनि केकीले सामाजिक सञ्जालमार्फत सबैको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

ADVERTISEMENT

‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार ‘ब्लु बर्ड एच डी’ नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्रको दुरुपयोग गरेको भन्ने समाचारप्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु’, केकीले अगाडि लेख्नुभएको छ, ‘मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसँग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेकी छैन र यस किसिमको अवाञ्छित गतिविधिबारे कुनै पूर्वजानकारी थिएन ।’ उहाँले आफ्नो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानुनी क्रियाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारबाही गर्न सम्बन्धित निकायलाई निवेदनसमेत गर्नु भएको छ ।

चलचित्र छायांकनका लागि १४ जना कलाकारसहितको भिसा आवेदन परेपछि नर्वेजियन दूतावासले पर्यटन बोर्डसँग सम्पर्क गरेको थियो । तर, बोर्डले कुनै पनि नेपाली चलचित्रको सुटिङको लागि नर्वेसँग अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो । नक्कली लेटरप्याडमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको हस्ताक्षर प्रयोग भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?