बर्लिन । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार तेस्रोपटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । फाइनलमा मोनाकोलाई १-० ले हराउँदै पिएसजीले लगातार तेस्रोपटक उपाधि जितेको हो । उपाधि भिडन्तमा दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गरेको गोल नै निर्णायक बन्यो ।
कतारको दोहास्थित रंगशालामा भएको खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा फाबियन रुइजको बायाँबाट आएको लो क्रसमा अनमार्क फ्रान्सका विंगरले गोल गर्नुभएको थियो । पिएसजी कीर्तिमानी १३ पटकको विजेता हो । अघिल्लो वर्ष लिग वान र सुपर कप दुवै पिएसजीले नै जितेको थियो । पछिल्लो १२ वर्षमा पिएसजी ११ पटक सुपर कप च्याम्पियन बनेको छ । चारपटकको विजेता मोनाको भने सन् २००० यता उपाधिविहीन छ । २०१७ र २०१८ मा उपविजेता बन्दा उसले दुवैपटक पिएसजीसँग हार बेहोरेको थियो ।
स्टेडियम नाइन सेभेन फोरमा भएको खेल प्रतिस्पर्धात्मक बनेको थियो । पिएसजीले तुलनात्मकरूपमा खेलमा नियन्त्रण जमाए पनि गोलका लागि भने अन्तिम समयसम्म कुर्नुपरेको थियो ।
नवौँ मिनेटमा डिजिरे डुवेले पिएसजीलाई अग्रता दिलाउने मौका पाउनुभएको थियो । उहाँको प्रहार बारमा लाग्यो । ली काङको प्रयासमा मोनाकोका गोलकिपर फिलिप बाधक बन्नुभयो । सन् २०१० यता पहिलोपटक फ्रेन्च सुपर कप फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । लुइसु इनरिकेको टिमले २७ अवसर सिर्जना गर्दा नौपटक टार्गेटमा राखेको थियो । एजेन्सी ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका