विश्वास टुट्न दिन्नँ : खगेन्द्र लामिछाने

Read Time = 4 mins

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पानी फोटो’ का निर्देशक तथा कलाकार हुनुहुन्छ खगेन्द्र लामिछाने । यसअघि अभिनयबाट दर्शकको मन जितिसक्नुभएका खगेन्द्र यसपटकबाट निर्देशकका रूपमा पनि दर्शकको मनमा बस्न उत्तिकै चुनौती छ ।
यसैबीच शुक्रबार बिहान काठमाडौंको सिटी सेन्टरमा रहेको बिग मुभिजमा आयोजित ‘पानी फोटो’ को प्रेस शोबाट आएको सकारात्मक प्रतिक्रियाले खगेन्द्र उत्साहित देखिनुभएको छ ।

करिब दुई दशकअगाडि गुरुकुलमा मञ्चन भएको नाटकको कथावस्तुमाथि खगेन्द्रले चलचित्र बनाउनुभएको हो । चलचित्रले द्वन्द्वकालमा बेपत्ता भएको छोरालाई खोजी गरिरहेको एक दम्पतीको कारुणिक कथा प्रस्तुत गरेको छ ।

ADVERTISEMENT

उहाँले आफूलाई कथावस्तुले छोएरै चलचित्र बनाएको बताउँदै भन्नुभएको छ, ‘मैले अहिलेसम्म सयौंपटक चलचित्र हेरिसकेको छु र हरेक पटक हेर्दा आफैंले नयाँ चिज भेटिरहेको हुन्छु । चलचित्र मेरो मनमा बसेको छ । दर्शकलाई पनि चलचित्रले छुन्छ भन्ने विश्वास छ ।’
खगेन्द्रले आफूप्रति विश्वास गर्नुभएका दर्शकको विश्वास टुट्ट नदिने बताउनुभएको छ । उहाँ अघि भन्नुहुन्छ, ‘यसअघि मैले अभिनय गरेका कमर्सियल होस् वा अरू खालको चलचित्र, दर्शकलाई निराशै बनाएको छैन । दर्शकहरूले पनि तपाईंको चलचित्र हेरेर बर्बादै भयो भनेर भन्नुभएको छैन । यदि त्यो विश्वास अझै पनि मप्रति कायम छ भने ढुक्क भएर चलचित्र हेर्न आउँदा हुन्छ । त्यो विश्वास म टुट्न दिन्नँ ।’
चलचित्रमा मलिका महत र मेनुका प्रधानको पनि मुख्य भूमिका रहेको छ । प्रेस शोमा दुईजना उपस्थित हुनुहुन्थ्यो । मलिका र मेनुकाले पनि दर्शकलाई चलचित्र मन पर्नेमा पूर्ण आशा राखेको बताउनुभयो । मलिकाले आफ्नो चलचित्र आफैंले हेरिरहँदा भावुक भएको बताउनुभयो । साथै उहाँले आफ्नो कामबाट आफू सन्तुष्ट रहेको पनि बताउनुभयो ।

चलचित्रमा खगेन्द्र, मलिका र मेनुकासँगै अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुंगाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय रहेको छ । चलचित्रको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?