एजेन्सी । मार्क गुइउको हृयाट्रिकको मद्दतले चेल्सीले शामरक रोभर्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । चेल्सीले युइएफए कन्फरेन्स लिगअन्तर्गत बिहीबार राति शामरक रोभर्सविरुद्ध ५-१ को फराकिलो जित दर्ता गरेको हो ।
लिग चरणका ६ खेलमा शतप्रतिशत जित निकालेको चेल्सीले १८ अंकका साथ शीर्ष स्थानमा रहृयो । शामरकले समान खेलबाट ११ अंकका साथ १०औं स्थानमा रहँदै प्ले अफ खेल्ने भएको छ ।
घरेलु मैदानमा गुइउले हृयाट्रिक गर्दा केइनन्न हल र मार्क कुकुरेलाले समान एक गोल थप्नुभयो । शामरकका लागि मार्कस पोमले एक गोल फर्काउनुभयो । खेलको २२औं मिनेटमा गुइउको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । चार मिनेटपछि नै पोमले शामरकका लागि बराबरी गोल गर्नुभयो ।
गुइउले ३४औं मिनेटमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्नुभयो । ४०औं मिनेटमा हलले गोल गर्दा चेल्सी २-१ले अगाडि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा गुइउले हृयाट्रिक गर्दा चेल्सीको ४-१ मा पुग्यो । ५८औं मिनेटमा कुकुरेलाले गोल गर्दै चेल्सीलाई ५-१ को सहज जित दिलाउनुभयो ।
चेल्सी यस सिजनको एकमात्र अपराजित टोली बनेको छ । टोलीले एक खेल बाँकी छँदै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । चेल्सीले ६ खेलमा २६ गोल गर्दै प्रतियोगिताको अहिलेसम्मकै उच्च स्कोरिङ टोली पनि बनेको छ । शामरक रोभर्सले यो पराजयपछि पनि १०औं स्थानमा रहँदै युरोपेली प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो आयरिश क्लबको कीर्तिमान बनाएको छ ।






